skip to Main Content

भाद्र, २४

“पुननिर्माण र संविधान ः बाल अधिकारको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ बाल मन्दिर उ.मा. पोखरा–३ नदीपुरद्वारा विद्यालयको ५१ औं वार्षिकोत्सव एवं राष्ट्रिय बालदिवसको पूर्वसन्ध्यामा आयोजित अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय पुरुष भलिवल प्रतियोगिता सम्मन्न भएको छ । भदौ २३ र २४ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रका आठ उच्च माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालय.व्यवस्थापन समितिका अध्यक्ष श्री श्रीराम पौंडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्घाटन सत्रका प्रमुख अतिथि कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली र पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री यम वहादुर गुरुङले मानसिक एवं शारीरिक विकासका लागि खेलकूदको महत्ववारे प्रकाश पार्नु भएको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने क्रमशः स्पाइरल ग्यालेक्सी उच्च मा.वि., सिमपानी र पोखरा उच्च मा.वि. वगरलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रवाट पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रमको स्वगत मन्तव्य विद्यालयका प्राचार्य श्री शुसील बस्नेत, सञ्चालन शिक्षक श्री प्रकाश वाग्ले तथा संयोजन शिक्षक श्री नन्द वहादुर पुनले गर्नु भएको थियो ।

यसै गरी भदौ २५ गते वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्सायनको प्रमुख आतिथ्य एवम वरिष्ठ चित्रकार वुद्धि गुरुङ्ग तथा लोक व. गुरुङ्गको निर्णायक भमिकामा सम्पन्न उच्च मा.वि. स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा चन्द्रवहादुर घर्ती (एसओएस हर्मन माइनर स्कूल), प्रशान्त सुनार (कुमुदीनी होम्स्), सृजना पुर्जा (कन्या मा.वि.) र बासुदेव तामाङ्ग(विन्दवासिनी उ.मा.वि.,बरपाटन) क्रमशःप्रथम, द्वितिय र तृतीय हुन सफल हुनु भएको थियो । चित्रकला प्रतियोगिताका संयोजन शिक्षक श्री अनिरुद्र उदास तथा सञ्चालन शिक्षक श्री तिलक व. कार्कीले गर्नु भएको थियो ।

Back To Top